२ दिन अगाडी कोरोनाको खोप लगाएकी बागफाँटाकी एक महिलाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका– १९ बागफाँटाकी एक महिलाको मृत्यु भएको छ । कोरोनाको तेस्रो डोज खोपका कारण २० वर्षिया गंगा रानाको मृत्यु भएको आशंका गरिएको छ ।

गत मंगलबार दिउँसो बागफाँटा स्वास्थ्य चौकीमा गएर कोरोनाको तेस्रो ‘बुष्टर’ खोप लगाएका कारण गंगाको मृत्यु भएको उनका सासु सरिता रानाले आरोप लगाएकी छन् ।

‘खोप लगाएको राती बाट गंगालाई ज्वरो आएको थियो ।’ सरिताले भनिन् ‘त्यही खोपका कारण मृत्यु भएको हो ।’ यद्यपी प्रहरीले भने मृत्यु खोपका कारण भएको भनेर कुनै पुष्टि गरेको छैन ।

‘मृतकका परिवारले कोरोनाको खोपका कारण मृत्यु भएको भनिरहेका छन् ।’ प्रहरी चौकी बागफाँटाका प्रमुख प्रहरी सहायक निरिक्षक विरेन्द्र पुजारा भने ‘तर के कारणले मृत्यु भएको भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिन्छ ।’ हाल शवलाई पोष्मार्टमको लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार