कञ्चनपुर बेल्डाडी गाउँपालिका (३) खैरीघाटमा राति सुतिरहेको बेलामा लठ्याउने औषधि छर्केर नगद, सुन सहित लाखौंको चोरी

महेन्द्रनगर । कञ्चनपुर बेल्डाडी गाउँपालिकामा विहिवार राति करिब २ बजे तिरको समयमा बेल्डाडी खैरीघाटका गणेश बहादुर जेठाराको घरमा सबै सुतिरहेको समयमा झ्यालबाट लठ्याउने औषधि छर्केर चोरहरु भित्र पसि नगद, सुन र मोवाईल चोरी भएको हो ।

चोरहरूले घर भित्र पसेर नगद ९० हजार, ८ तोला सुन र २ मोवाईल सेट चोरी भएको गणेश जेठाराले बताउनु भयो । उनले भने “घरमा भाइ र बुहारी अलग अलग कोठामा सुतिरहेका थिए, बज्यौ भान्सामा सुतेका बेलामा झ्यालबाट लठ्याउने औषधि छर्केर बेहोस बनाएर चोर भित्र पसेर सबै लुटेर लगे ।”

विहान उठेर मोवाईल खोज्दा नभेटिएपछि अर्को कोठामा गएर हेर्दा त बाकस छैन, दराज फुटाएको अवस्था र बुहारी र भाईले मोवाईल खोज्दा नपाए पछि चोरी भएछ भन्ने थाहा भयो घर मालिक जेठाराले जानकारी दिएको छ ।

उहाँका अनुसार घर भित्रबाट बाकस सहित उठाएर लगे अनि दराज फुटाएर सबै पैसा र सुन चोरी गरि लगेको बाकस नजिकैको सिद्वबाबा मन्दिरमा तोडेर भित्रका सबै समान लगेको अवस्थाामा विहान भेटियो ।

विहान लगतै ईलाका प्रहरी कार्यालय बेलडाँडीमा चोरी भएको जानकारी गरायौ उनले भने प्रहरी लगतै घटना स्थलमा पुगि अनि घटनाबारे जानकारी लिएको छ ।

घटानाबारे वितृत रूपमा अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरिक्षक दिपक पातलिले बताउने भयो । उनले भने “चोरी घटनामा संकास्पद केहिलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भईरहेको बताउनु भयो ।”

ताजा समाचार