म्यादी प्रहरी लाई व्यावसायिक परिषद् (सिटिइभिटी) मार्फत निःशुल्क तालिम दिइने

महेन्द्रनगर। स्थानीय तह निर्वाचन २०७९ मा म्यादी प्रहरी भई काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ ।

युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सीपमूलक तालिम र रोजगारी्स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।” उहाँका अनुसार शुक्रबार ९सिटिइभिटी० गण्डकी प्रदेश कार्यालय पोखराले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा तत्काल बजारको मागअनुसार विभिन्न किसिमका छोटो अवधिको तालिमको सुरुआत गरेको हो ।

म्यादी प्रहरीको लागि सञ्चालन गरिएको तालिममा हाललाई जुनियर विल्डिङ इलेक्ट्रीसियन, प्लम्बर र किचन सहयोगी ९कुक० तालिम सञ्चालन गरिएको छ भने बाँकी तालिम आगामी दिनमा क्रमशः सञ्चालन गरिँदै जाने आचार्यले बताउनुभयो ।

तालिम आवश्यकताका आधारमा १४० घण्टा ९२७ कार्यदिन० को पाठ्यक्रम तयार गरी सञ्चालन गरिनेछ ।कार्यक्रममा तालिमको आवश्यकता पहिचानको लागि सिटिइभिटी, गण्डकी प्रदेश कार्यालयबाट स्थानीय तहको चुनाव सम्पन्नपश्चात् कास्की जिल्लाबाट बिदाइ भई जान लागेका एक हजार ४०० म्यादी प्रहरीलाई प्रश्नावली भर्ने व्यवस्था मिलाइएको थियो ।

करिब ८७५ ले प्रश्नावली भरी सिटिइभिटी, गण्डकी प्रदेश कार्यालयमा पठाइएको प्रश्नावलीबाट प्राप्त तथ्याङ्कका आधारमा आवश्यकता पहिचान गरी सीपमूलक तालिम सञ्चालन गरिएको निर्देशक आचार्यले बताउनुभयो ।

म्यादी प्रहरीलाई सीपमूलक तालिममार्फÞत उत्पादनशील क्षेत्रमा जोड़नका लागि नेपाल सरकारको आगामी आव २०७९्८० को बजेट वक्तव्यमा सम्बोधन भएकोमा आचार्यले सरकारप्रति आभारसमेत व्यक्त गर्नुभएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले म्यादी प्रहरी बनेर राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख भएको जानकारी गराउँदै उहाँहरुको रुचिका विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइने तथा सञ्चित सुरक्षा बलको रूपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने नीति राज्यले लिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले दक्ष जनशक्ति उत्पादन गर्न सीपमूलक तालिमको आवश्यकता छ भन्नुभयो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष बलराम आचार्यलगायतले बजारको मागअनुरूपको दक्ष तथा सीपमूलक जनशक्ति उत्पादनमा सिटिइभिटीले खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

प्राविधिक शिक्षालय पोखराका प्रमुख हर्कलाल श्रेष्ठले बेरोजगार युवालाई आवश्यक सीप दिएर उत्पादनमूलक रोजगारी सिर्जना गरी मुलुकमा उपलब्ध युवा श्रम शक्तिको अधिकतम उपयोग गर्न प्राविधिक शिक्षालय लागि परेको बताउनुभयो ।

आर्थिक वर्ष २०७९्८० को बजेटमा योग्य जनशक्तिलाई रोजगारीका क्षेत्रमा आफ्नो सम्भावनाको उच्चतम प्रयोग गर्नसक्ने बनाउन सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सीपमूलक व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

सबै बेरोजगार जनशक्तिको योग्यता, क्षमता र सीपसमेत उल्लेख हुने गरी तथ्याङ्क अद्यावधिक गरिने, कृषि तथा वन, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, औद्योगिक र घरेलु तथा सानाउद्योग क्षेत्रलाई रोजगारी सिर्जनाको स्तम्भको रूपमा विकास गरिने योजना बजेटमा ल्याइएको छ ।

ताजा समाचार