जनताको विश्वास कायम राख्छौँः नवनिर्वाचित समन्वय प्रमुख बोहरा

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका नवनिर्वाचित प्रमुख दुर्गा दत्त बोहराले जनताको विश्वासलाई कायम राख्नु पर्ने बताएका छन् ।

सोमबार जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यम्रमा उनले त्यसो भनेका हुन् ।

‘जनताको विश्वासलाई कायम राख्न हामी सबैलाई चुनौती छ ।’ उनले भने ‘जनताले हामीलाई आफ्ना समस्या समाधान तथा जिल्लाको समग्र विकास गर्छन भनेर विश्वास गरेका छन् ।’ उनले अगाडी भने ‘त्यसैले हामीले जनताको विश्वासलाई कायम राख्न सक्नु पर्छ ।’

उनकाअनुसार यदि हामीले जनताको विश्वास कायम राख्न सकेनौँ भने ‘जति जोगी आएपनि कानै चिरेका’ भन्ने उखान जस्तो हुन्छ । कार्यक्रममा उनले क्रञ्चनपुरको समग्र विकास र जनताका समस्या समाधान गर्नका लागि निरन्तर निष्पक्ष रुपमा लागिपर्ने बताए ।

‘जनताका समस्या समाधान र कञ्चनपुरको समग्र विकासका लागि म निरन्तर निष्पक्ष रुपमा काम गर्नेछु ।’ उनले भने ‘ हाम्रा बोल्ने दिन सकिए, अब जनताका समस्या सुन्ने दिन शुरु भए ।’

ताजा समाचार