चुनाव हारेरपनि आफ्ना प्रतिवद्धता पुरा गर्दै काँग्रेस नेता जोशी

महेन्द्रनगर । बैतडीको दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा पराजित भएपनि नेपाली काँग्रेसका नेता देवराज जोशी आफ्ना चुनावी प्रतिवद्धता पुरा गरिरहेका छन् ।

नेता जोशीले स्थानिय चुनावमा दोगडाकेदारमा विद्युत समस्या समाधान गर्ने प्रतिवद्धतालाई पुर्णता दिइरहेका छन् । बुधबार नेता जोशीले नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङसंग भेटवार्ता गरि दोगडाकेदार गाउँपालिका–१,६ र ८ मा विद्युत लाईन विस्तार गरिदिन माग गरेका छन् ।

‘मैले गाउँपालिकाको अध्यक्षका लागि चुनाव लड्दै गर्दा विद्युतको समस्या समाधान गर्छु भनेर जनतालाई आश्वासन दिएको थिए ।’ उनले भने ‘ चुनाव हारे तरपनि आफ्नो बचन पुरा गर्न बुधबार नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ र अन्य कर्मचारीहरुसंग भेटवार्ता गरि दोगडाकेदारमा विद्युत जडान गर्न उहाँहरुसंग छलफल गरेको छु ।’ उनले अगाडी थपे ‘महानिर्देशक ज्यूले तुरुन्तै विद्युत लाईन जडान गर्न सम्बन्धित निकायलाई तोकआदेश गरिदिनुभएको छ ।’

नेपाली काँग्रेस बैतडीका सचिव समेत रहेका नेता जोशी निरन्तर जनताका समस्या समाधान र हकअधिकारका लागि लड्दै आएका छन् ।

ताजा समाचार