कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु

महेन्द्रनगर । कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ । मंगलबार साँझ खेल्ने क्रममा सेप्टीट्याङ्कीमा खसेर लम्की चुहा नगरपालिका–४ कौवापुरका शङ्कर माझीकी दुई वर्षीया छोरी बिपनाको सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु भएको हो।

७: १० सेप्टीट्याङ्कीमा फेला परेकी उनलाई अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको मृतक बालिकाकी आमा पवित्रा माझीले बताइन् ।

सेप्टीट्याङ्कीको सडक पट्टीको भागमा सानो प्वाल परेकोमा बिपना त्यसैबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ।

ताजा समाचार