काठमाडौँ महानगरपालिकाले साउन १ बाट नछुट्याएको फोहोर फाल्नेलाई ५ सय जरिवाना

महेन्द्रनगर । काठमाडौँ महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गरेको छ ।

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको व्यवस्था कार्यान्वयन गराउन साउन १ गतेबाट कार्यान्वयन गर्ने गरी यसप्रकारको अनुरोध गरेको हो ।

ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।

यसरी छुट्यायो फोहोर महानगरले छुट्टाछुट्टै दिनमा संकलन गर्नेछ । उत्पादकले फोहोर संकलकलाई मिसिएको फोहोर दिए एक पटकमा ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने कानुनी प्रबन्ध छ ।

फोहोर व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न उत्पादकको दायित्व पूरा हुने महानगरको अपेक्षा छ ।

ताजा समाचार