भीमदत्तको नीति, कार्यक्रम तथा बजेट पारित (पूर्णपाठ सहित)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । नगर प्रमुख पदम बोगटीले ११ औँ नगर अधिवेशनको पहिलो बैठकमा पेश गरेका निति तथा कार्यक्रम, र नगर उपप्रमुख निलम लेखक जोशीको अनुमतीमा वडा नम्बर ४ का वडाध्यक्ष शुशिल भट्टले प्रस्तुत गरेको बजेट शुक्रबार बसेको दोस्रो नगरसभा बैठकले पारित गरेको नगर प्रवत्ता महेन्द्र खड्काले बताए ।

प्रवक्ता खड्काका अनुसार भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष ०७९/०८० मा १ अर्ब, ८४ करोड, २ लाख, १ हजार बराबरको बजेट ल्याएको छ । नगरपालिकाले बजेटको स्रोत अनतर्गत आन्तरिक स्रोतबाट २३ करोड ५० लाख,वित्तिय समानिकरण अनुदान संघिय सरकारबाट २७ करोड ८१ लाख, वित्तिय समानिकरण अनुदान प्रदेश सरकारबाट २ करोड ९ लाख ९६ हजार,संघिय सरकारबाट सशर्त अनुदान ४७ करोड ५७ लाख,संघिय सरकारबाट राजश्व बाडफाँडको १७ करोड ३६ लाख ८९ हजार र प्रदेश सरकारबाट राजश्व बाडफाँडको ७९ लाख १६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै समपुरक अनुदान संघिय सरकारबाट २ करोड १० लाख,समपुरक अनुदान प्रदेश सरकारबाट ४८ लाख,विशेष अनुदान संघिय सरकारबाट ५० लाख,सडक बोर्ड नेपालबाट ७५ लाख,सामाजिक सुरक्षा तर्फ ५० करोड,बैंक मौज्दात ८ करोड,अन्य अन्तरसरकारी अख्तियारीबाट ३ करोड ५ लाख बजेटको स्रोतको रुपमा रहने प्रवत्ता खड्काले बताए ।

उनकाअनुसार निति कार्यक्रम तथा बजेटसंगै नगरपालिकाले आर्थिक विधेयक र आर्थिक विनियोजन विधेयक समेत संशोधन प्रस्ताव सहित पारित गरेको छ । आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम ‘समृद्ध भीमदत्त सुखी नगरवासीको साझा सोच,वातावरणमैत्री आर्थिक सामाजिक पूर्वाधार विकास हाम्रो अठोट’ भन्ने नारा सहित तय गरिएको छ । भीमदत्तको आर्थिक वर्ष ०७९/८० को निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वास्थ्य र कृषिलाई बढि प्राथमिकता दिइएको छ ।

नगरपालिकालाई पूर्ण साक्षर नगर घोषणा गरिने, सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अग्रेजी माध्यमबाट समेत पठनपाठन गर्न तथा प्राविधिक शिक्षामा विशेष जोड दिइने, नगरभित्रका सामुदायिक विद्यालयबाट अध्ययन गरेका विपन्न,जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षामा पहुच बढाउन कोष स्थापना गरिने,विद्यालयको वातावरणिय स्वच्छता कायम गर्न हरित विद्यालय कार्यक्रम सञ्चालन गरिने निति कार्यक्रममा समावेश छ ।

गुठीद्धारा सञ्चालित विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक सहयोग गरिने,संस्थागत विद्यालयलाई थप व्यवस्थित तथा नियमन गर्न आवश्यक निति बनाइने,स्थानिय स्काउट मार्फत विद्यार्थी एवम् युवालाई मानविय सेवा,विपद् व्यवस्थापन तथा अन्य समाजिक सेवाका क्षेत्रमा स्वयंसेवकका रुपमा परिचालन गरिने,एक वडा एक खेल मैदानको अवधारण अनुरुप खेल मैदान निर्माण गरिने, नगर क्षेत्रभित्रका सामुदायिक सिकाइ केन्द्रहरुलाई व्यवस्थित बनाइने छ ।

यस्तै ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको मासिक रुपमा स्वास्थ्य परिक्षण सेवा घरदैलोमा उपलब्ध गराइने,गर्भवती महिलालाई नगरक्षेत्रभित्र निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने,महाकाली अस्पताललाई आधुनिक उपकरण सहितको सर्वसुलभ सेवा नगरवासीलाई उपलब्ध गराउन आवश्यक सहयोग गरिने,सुनौला हजार दिन कार्यक्रमलाई निरन्तरता दिदैँ मातृ तथा नवजात शिशु कार्यक्रम सञ्चालन गरिने,लागुऔषध नियन्त्रण गरि दुव्र्यसनीमुक्त नगरपालिका बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगर क्षेत्रमा रहेका बाल सुधार गृह तथा पुनस्र्थापना केन्दको उचित व्यवस्थापनका लागि सहयोग गरिने, लैङगिक बजेटको प्रभावकारी रुपमा कार्यान्वयन गरिने,अपाङगता भएका व्यक्तिहरुलाई घरदैलोमा गएर अपाङग परिचयपत्र वितरण गर्न वडास्तरमा घुम्ति शिविर सञ्चालन गर्ने, दक्ष महिला समृद्धि परिवार कार्यक्रम सञ्चालन गरिने,एक वडा एक उद्यम कार्यक्रम सञ्चालन गरिने,घरेलु हिंसा अन्त्यका लागि बहस पैरवी तथा चेतनामुलक अभियान सञ्चालन गरिने, सुरक्षित नारी,समृद्धि नारी उद्देश्यका लागि तालिम सञ्चालन गरिने निति कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै जेष्ठ नागरिकलाई धार्मीक एवम् पर्यटकिय स्थलहरुको भम्रण गराउने कार्यलाई निरन्तरता दिइने,बेसहारा तथा असहाय जेष्ठ नागरिक,आमाबुवा विहिन बालवालिका र एचआइभी सं्रकमित बालबालिकाको सहज जीवनयापनका लागि आवश्यक सहयोग गरिने, लैङगिक हिंसा निवारण कोषलाई निरन्तरता दिइने,सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई प्रभावकारी बनाउन थप बैंकहरुसंग सहकार्य गरिने जनाइएको छ ।

नगर क्षेत्रका धर्म, सस्कृति, भाषा, कला, चाडपर्वको जगेर्ना गर्न भीमदत्त प्रज्ञा प्रतिष्ठानको गठन गरिने, चुरे पर्वत श्रिङखला संग जोडिएका पर्यटकिय स्थहरुलाई समेटी धार्मीक पर्यटकिय सर्किट विकास गरिने, शुक्लाफाँटा पर्यटन महोत्सवलाई निरन्तरता दिई महाकाली नदि स्थित झोलुङ्ग पुल र हात्तिसार क्षेत्रको समेत प्रचारप्रसार गर्न शुक्लाफाँटा–झोलुङ्गे पर्यटन महोत्सव आयोजना गरिने,सञ्चालनमा रहेका हामस्टेलाई थप व्यवस्थित गरि अन्य क्षेत्रमा पनि विकास गरिने, भीनपा ११ स्थित आर्याघाटलाई थप व्यवस्थित गरि सञ्चालनमा ल्याइने,बह्मदेव स्थित बहुसांस्कृतिक संग्रहालयलाई सञचालनमा ल्याउन आवश्यक पहल गरिने,महाकाली नदिमा व्यवसायिक ¥याफ्टिङ सञ्चालन गर्न निजि क्षेत्रलाई प्रोत्साहन गरिने,विपि उद्यानको निर्माण कार्य अगाडी बढाइने कार्यक्रममा समावेश गरिएको छ ।

निति तथा कार्यक्रममा कृषक सुचिकरण कार्यक्रम सञ्चालन गरिने,आलु,तरकारी,दुधमा आत्मनिर्भर हुन सहयोग पुग्ने प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिने, कृषि डायरी तयार गरिने, उत्पादनलाई स्थानिय स्तरमै खपत गराउन आवश्यक कानुन निर्माण गरि हाट बजार सञ्चालनमा ल्याइने,व्यवसायिक किसान नगरको सान भन्ने नाराका साथ नगरका उत्कृष्ट व्यवसायिक किसानलाई भीमदत्त पन्त किसान पुरस्कारद्धारा पुरस्कृत गरिने, विषादी रहित तरकारी उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, पशु बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक कानुन निर्माण गरिने, कृषि बिऊ बिजन र मलखादको समयमै सहज आपूर्तीका लागि सम्बन्धित निकाय संग पहल गरिने छ ।

यस्तै निजि क्षेत्रलाई उद्योग तथा व्यवसाय सञ्चालन गर्न लगानीमैत्री बातावरण सञ्चालन गर्ने,इन्धनको खपत कम गर्न र पार्यावरणीय स्वच्छता कायम राख्न विद्युतिय नगर बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने, युवालाई टेवा भीमदत्तलाई सेवा भन्ने ध्येयका साथ युवाको योग्यता,सीप र क्षमताका आधारमा स्थानिय स्तरमै मर्यादित,सुरक्षित र उत्पादनशिल रोजगारीका अवसर उपलब्ध गराइने,व्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।

चुरे क्षेत्रको संरक्षण गरौँ कञ्चनपुर बचाऔँ अभियानलाई परिणाममुखी रुपमा सञ्चालन गरिने, मानव वन्यजन्तु द्धन्द्धलाई न्यूनिकरणका लागि मेसवायर जडान कार्यलाई निरन्तरता दिइने, रुख रोपौँ बातावरण जोगाऔँ भन्ने नाराका साथ सार्वजनिक स्थलमा वृक्षारोपण गरिने कार्यक्रममा उल्लेख छ ।

निति तथा कार्यक्रममा एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यलाई अगाडी बढाउन भीमदत्त नगरपालिकाको सीमासंग जोडिएका पालिका संग आवश्यक सहकार्य र समन्वय गरिने, फोहोर प्रशोधन केन्द्र र फोहोर कम्पोष्ट केन्द्र सञ्चालनमा ल्याइने, प्लाष्टिक झोलाई निरुत्साहित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने लगाएत विपद व्यवस्थापन,सिचाई व्यवस्थापन,स्वच्छ खानेपानी तथा सरसफाई,सडक,पुल तथा यातायात,भूमी व्यवस्थापन,सूचना प्रविधि तथा सञ्चार अन्तर्गतका निति समेत कार्यक्रममा समावेश गरिएका छन् ।

भीमदत्तको निति तथा कार्यक्रमको पूर्णपाठ

ताजा समाचार