वाणिज्य उपाध्यक्षमा जोशीको उम्मेद्धवारी

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको वाण्ज्यि उपाध्यक्षका लागि महासचिव एंंव व्यवसायी बाशुदेव जोशीले उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको नेतृत्वका लागि निर्वतमान महासचिव जोशी बाणिज्य उपाध्यक्ष पदका लागि आँकाक्षी देखिएका हुन ।

निरन्तर समाजसेवामा समेत सक्रिय रहदै आएका जोेशीले वाणिज्यसंघमा सदस्यदेखि सचिव हुदैँ महासचिवको जिम्मेबारी निर्वाह गरेसकेका छन ।

वाणिज्य संघको नयाँ नेतृत्वका लागि २५ असारमा निर्वाचनको मिति तय गरिएको छ । १४ असारमा उम्मेदवारी दर्ताको तय गरिएको छ ।

ताजा समाचार