जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी

महेन्द्रनगर । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँमा जंगलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी भएका छन्। उनीहरू सबै बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।

बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए। बिरामी भएका सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक गम्भीर बिरामी रहेको जानकारी दिएका छन् ।

ताजा समाचार