क्यान्सर पिडित सिद्धकलाका छोराले भने ‘नेपालभरी नै भीमदत्तका मेयर,उपमेयर जस्ता नेता हुन्’

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ की क्यान्सर पिडित ८० वर्षिया सिद्धकला दमाईसंग घरमै गएर भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी,उप–प्रमुख निलम लेखक जोशीले भेटघाट गरेका छन् ।

केही दिन अगाडी नगरपालिकाको विकास योजना अनुगमनको क्रममा नजिकै ८० वर्षिया वृद्ध ५ वर्ष देखी पाठेघरको क्यासर भएर विरामी अवस्थामा रहेको थाहापाएपछि उपमेयर लेखकले उनको घरमै पुगेर जानकारी लिएकी थिइन् ।

पुनः आज (विहिबार) नगर प्रमुख ,उपप्रमुख आफै सिद्धकलाको घरमा पुगेर उनिसंग भेटघाट र खाद्यान्न,स्वास्थ्य सामाग्री,एक थान टेबल पंखा लगाएतका आवश्यक सामाग्री सहयोग समेत गरेका छन् ।

आफुले मागे बमोजिमका सामाग्री नगरपालिकाले सहयोग गरेकोमा खुशी लागेको सिद्धकलाका छोरा जोगी दमाईले बताए ।

‘आमालाई पाठेघरको क्यान्सर भएको अहिले ५ वर्ष भयो ।’ जोगीले भने ‘आमाको उमेर ८० वर्ष भन्दा बढी भइसक्यो,अस्पताल लैजाने अवस्थापनि छैन,त्यसैले अस्ति (केहि दिन अगाडी) उपमेयर आएको बेलामा मैले खाद्यान्न, पंखा, गंद भगाउन स्प्रे,मलम,ग्राउन आवश्यक छ भनेको थिए ।’ उनले अगाडी थपे ‘आज आफै घरमा आएर सहयोग गरिदिनु भयो,गरिवको घरमा आएर कुरा सुनेर सहयोग गर्ने यहाँका मेयर, उपमेयर,वडाध्यक्ष जस्ता नेता नेपालभरि नै हुन् ।’

क्यान्सर पिडित सिद्धकला

यस्तै सिद्धकलालाई घरमै समाजिक सुरक्षा भत्ता समेत प्रदान गरिएको छ । भीनपा–१२ का वडाध्यक्ष भुपेन्द्र रावल लगाएत कर्मचारीले घरमै पुगेर क्यान्सर पिडित सिद्धकलालनई सामाजिक सुरक्षा भत्ता समेत प्रदान गरेका छन् । सिद्धकलाको स्थायी बसोवास भीनपा–१२ हो ।

सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै ।

ताजा समाचार