भीमदत्त नगरपालिका–६ साक्षर वडा घोषणा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.६ लाई बिहीबार साक्षर वडा घोषणा गरिएको छ ।

वडा भित्रका १५ देखि ६० उमेर समूहका ९७ प्रतिशतभन्दा बढी जनसंखया साक्षर रहेको पाइएकोले वडालाई साक्षर वडा घोषणा गरीएकोे नगर प्रवत्ता एवम् वडाध्यक्ष महेन्द्र खड्काले बताए ।

उनकाअनुसार वडामा १५ देखी ६० वर्ष उमेर समुहका जम्मा ६ हजार ४ सय ३१ मध्ये ६ हजार २ सय ८८ जना अर्थात ९७ दशमलव ८ प्रतिशत साक्षर भएकोले विहिबार एक कार्यक्रमका बिच वडा नं. ६ लाई साक्षर वडा घोषणा गरिएको हो ।

कुनै पनि व्यक्तिलाई साक्षर घोषणाका लागि वर्ष अक्षरको लेखाई र पढाई गर्न सक्ने, मातृभाषामा लेखिएको मूल्यसुची र बिल पढ्न सक्ने, परिवारका सदस्यको नाम लेख्न सक्ने, मोबाइल र क्याल्कुलेटरका अंक चिन्न तथा थिच्न सक्ने, ० देखि ९ सम्मका अंक चिन्न र लेख्न सक्ने, १ देखि १०० सम्मका अंक गणना गर्न सक्ने लगायतका १२ वटा सूचकहरु पूरा गर्नुपर्ने हुन्छ ।

ताजा समाचार