राप्रपाले साउन ५ र ६ गते बोलायो केन्द्रीय समिति बैठक

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । राप्रपाले ५ र ६ साउनमा काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाएको हो ।
यसअघि असार पहिलो साता केन्द्रीय समिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।बैठकमा राप्रपाले समसामयिक राजनीति, चुनावी समीक्षा, अब हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारी र रणनीतिलगायत विषयमा छलफल हुनेछ ।

ताजा समाचार