सर्लाहीको हरिवनमा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु

महेन्द्रनगर । बिहीबार राति पूर्व पश्चिम लोकमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चौकमा नम्बर नखुलेको सवारीको ठक्करबाट एक युवकको ज्यान गएको हो ।

मृत्यु हुनेमा सोही स्थानका २४ वर्षका जयबहादुर विक रहेको इलाका प्रहरी कार्यालय हरिवनले बताए । मृतक पुरुषलाई मध्यराति सवारीले ठक्कर दिएको प्रहरीको आशंका छ ।

दुर्घटनामा परेर घाईते अवस्थामा फेला परेका विकलाई प्रहरीले तत्काल उपचारका लागि नमुना अस्पताल हरिवन पुर्याएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

युवकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जनाकारी दिए ।

ताजा समाचार