जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

महेन्द्रनगर । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो । प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ ।

आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे “मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा” भएको बताएका छन् ।

समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। जापानमा हाते बन्दुक प्रतिबन्धित छ।

त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ । सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा एउटा सडकको बीचमा बस्वास्थ्यकर्मीहरू आबे वरिपरि बसेको देखिन्छ।

तर ती भिडिओको आधिकारिता पुष्टि हुन बाँकी छ। आबेलाई अस्पताल लगिएको बताइएको छ। कसरी भयो आक्रमण? आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो।

बीबीसीका जापान संवाददाता रुपर्ट विङ्फील्ड-हेयसका अनुसार प्रत्यक्षदर्शीहरूले आफूले एउटा ठूलो बन्दुक बोकेको मान्छे देखेका बताएका छन् ।

पहिलो पटक प्रहार गरिएको गोली आबेलाई लागेको थिएन । तर दोस्रो गोली उनको ढाडमा लाग्यो। गोली लागेपछि उनको शरीरबाट रगत बग्न थालेको थियो र उनी भुइँमा ढलेका थिए ।

आक्रमणकारीले भाग्न प्रयास गरेनन्। सुरक्षाकर्मीले तत्काल समाते। स्थानीय समाचार प्रसारक एनएचकेका अनुसार प्रहरीले उक्त हतियार बरामद गरेको छ तथा आक्रमणकारीको पहिचान गरेको छ ।

जापानमा गोलीकाण्ड दुर्लभ मानिन्छ। जापानमा सन् २०१४ मा देशभरि केवल छवटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए। अमेरिकामा सो वर्ष ३३,५९९ जनाको गोलीकाण्डमा मृत्यु भएको थियो ।

जापानमा बन्दुक किन्न चाहने व्यक्तिले कडा परीक्षा दिनुपर्छ। उनीहरूको मानसिक स्वास्थ परीक्षण पनि गरिन्छ।

ताजा समाचार