मानव बेचविखन न्यूनिकरणका लागि नेपाल–भारत बिच अन्तरक्रिया

महेन्द्रनगर । मानव बेचविखन तथा ओसारपोसार न्यूनिकरणका लागि नेपाल–भारत बिच अन्तरक्रिया भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवम् प्रहरी उपरिक्षक श्याम चौधरी र एंटी–ह्युमन टै«फिकिग यूनिट चम्फावत (भारत)का प्रमुख इन्सपेक्टर शान्ती कुमार गंगवार सहितको टोली बिच मानव बेचविखन न्यूनिकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल भएको हो । दुई देशविचको खुला सीमानाका कारण मानव बेचविखन न्यूनिकरणमा देखिएको चुनौति र देखिएका चुनौतिहरुको समाधान लगाएतको विषयमा छलफल भएको थियो । उक्त अन्तरक्रियामा मानव बेचविखन विरुद्ध काम गर्दै आएको शान्ती पुनस्र्थापना केन्द्रका निर्देशक सुमन सापकोटा,कञ्चनपुर संयोजक सञ्जिव सिंह ,हेल्पक्रस भारतका सचिव विशाल थापा लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो । हेल्पक्रसले नेपालस्थित शान्ती पुनस्र्थापना केन्द्र संग समन्वय गरि भारतमा बेचिएका तथा विभिन्न प्रलोभनमा भारत पुगाइएका नेपाली चेलिबेटी तथा बालवालिकाहरुको उद्धार गरि नेपाल पठाउने कार्य गर्दै आएको छ । अन्तरक्रियामा एसपी चौधरीले मानव बेचविखन न्यूनिकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय हुन आवश्यक रहेको बताए । यस्तै एंटी–ह्युमन टै«फिकिग यूनिट चम्फावत (भारत)का प्रमुख गंगवारले मानव बेचविखन न्यूनिकरणका लागि दुई देशविच अझै राम्रो सहकार्य र समन्वय र जनचेतनामुक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

ताजा समाचार