सभापतिको राजीनामा माग्दै एमालेले गर्‍यो लेखा समिति बैठक बहिस्कार

महेन्द्रनगर । सभापतिको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ ।

बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।

भट्टराई र बास्कोटाले लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले सरकारमा गएको १ वर्षसम्म पनि नेतृत्व नछाडेको भन्दै प्रश्न उठाए । त्यसपछि उनीहरु बैठकमा नबस्ने भन्दै बाहिरिएका छन् ।

एमालेले सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने अडान लिएको छ ।

ताजा समाचार