महेन्द्रनगर । अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरीको जंगलमा रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
घाँस काट्न गएका स्थानीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापाको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा पहिचान भएको जनाएको छ ।
शव केही पुरानो भएको अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शवको बारेमा आइतबार जानकारी आए पनि सोमबार मात्रै ल्याउन सकिएको प्रहरीको भनाइ छ ।
प्रहरीले सोमबार घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएपी सुन्दर तिवारीले जनाएका छन् ।
शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू भारत जाने भन्दै घरबाट हिँडेको खुलेको छ ।
तर उनीहरु पोखरा पुगेको र अन्नपूर्ण गाउँपालिकाको होटलमा बसेको प्रहरीले जानकारी दिएका छन ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जानकारी दिएका छन् ।