कञ्चनपुरको एक विद्यालयको गेटमै एमाले पार्टीको नाम लेखेपछि विवाद


महेन्द्रनगर । कञ्चनपुर बेदकोट नगरपालिका -९ स्थित रहेको उदयदेव माध्यमिक बिद्यालयको गेटमा राजनितिक दलको एमाले पार्टीको नाम लेखेर प्रचार हुने गरी मुल ढोका निर्माण गरिएको छ ।

एमालेको वडा कमिटीले विद्यालयको गेट बनाइदिएर पार्टीको नाम लेखेको थियो । विद्यालयको गेट एमाले बेदकोट–९ को कमिटीले शनिबार बनाएको थियो । बिदाको दिन परेको हुनाले विद्यालय प्रशासनलाई पार्टीको नाम लेखिएको बारेमा जानकारी नभएको प्रधानाध्यापक मोहन जोशीले बताए । त्रुटि भएको भन्दै पार्टीको नाम हटाएर ल्याउन निर्देशन दिएको पनि प्रधानाध्यापक जोशीले बताए ।

एमालेले विद्यालयको गेटमा पार्टीको नाम लेखेपछि शिक्षक, विद्यार्थी र अन्य दलका प्रतिनिधिले आलोकञ्चनपुरको एक विद्यालयको गेटमै एमालेले पार्टीको नाम लेखेपछि विवाद सिर्जना भएको छ ।

ताजा समाचार