बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु

महेन्द्रनगर । बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका ३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार वडा नं ३ ढुङ्गाबिसौनाकै ४६ वर्षीय पुरन बहादुर बोहराको कुटाइबाट पार्कीको २५ गते राती बोहराले कुटपिट गरी घाइते बनेका पार्कीको सोमबार गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मुत्य भएको प्रहरीले बताएको छ ।

कुटपिट गर्ने बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताए ।

ताजा समाचार