कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका कुखुरा बरामद गरी नष्ट

महेन्द्रनगर । कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरीएका छन् ।

अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइएका बेवारिसे ब्रोइलर कुखुरा प्रहरीले बरामद गरी मंगलवार नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका १२ कालागौडीबाट बेवारिसे अवैध ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको हो।

भन्सार छलिगरी ल्याएको एक सय किलो ग्राम ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी स्थानीय जनप्रतिनिधि,सञ्चारकर्मी लगायतको रोहबरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

ताजा समाचार