नेपालले आज स्कटल्यान्डसँग खेल्दै

महेन्द्रनगर । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे ग्लासगेस्थित टिटवुड स्टेडियममा सुरु हुनेछ ।

नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न सोचमा छ । तर, बलियो टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्याण्ड पनि नेपाललाई हराउँदै लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ । उसले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो ।

लिग–२ को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं छ । स्कटल्याण्ड २१ खेलमा ३० अंकका साथ दोस्रो स्थानमा छ ।

ताजा समाचार