मोबाइल चोरीमा संलग्न व्यक्तिबाट ८० राउन्ड गोली बरामद

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

झापामा मोबाइल चोरीमा संलग्न व्यक्तिबाट ८० राउन्ड गोली बरामद भएको छ। 

गोली बरामद भएपछि भद्रपुर नगरपालिका-५ का १८ वर्षीय मोहम्बद प्यारेलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। उनीमाथि मोबाइल चोरी गरेको आरोप छ।  

गत शुक्रबार पुरानो भद्रपुरमा राजु अग्रवालले मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल चोरी गरेका थिए। चोरी गरेको भन्ने जाहेरी पाएपछि प्रहरीले उनको खोजी गरेको थियो। 

प्रहरीका अनुसार ५ लाख १८ हजार २ सय रुपैयाँ बराबरको सामान चोरी भएको भनी उजुरी परेको थियो। खोज्ने क्रममा उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। 

उनीबाट चोरिएका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५०० रुपैयाँ नगद पनि फेला पारेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

ताजा समाचार