कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर बेलौरी नगरपालिमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बेलौरी नगरपालिका–५ रामनगर बस्ने ३५ वर्षीय हरीलाल रानाको माछापोखरीको लागि मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।

करेन्ट लागेर धनगढीस्थित निसर्ग अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार