कञ्चनपुरमा हातखुट्टा बाँधेर दिनदहाडै एक घरमा लुटपाट

महेन्द्रनगर । कञ्चनपुर भीमदत्त नगरपालिका–४ गोबरियामा दिनदहाडै एक घरमा लुटपाट भएको छ ।

बुधबार दिउँसो भीमदत्त नगरपालिका–४ गोबरियामा एक समूहले निङ्लाशैनी मन्दिर नजिक रहेको गीता चन्दको घरमा ४ जनाको समुहले दिउँसै लुटपाट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडितले १ लाखसहित सुनका गहना लुटिएको भन्दै निवेदन दिएकी छिन्। भारतीय नागरिक जस्ता देखिने ४ जनाको समूहले गीताको हातखुट्टा बाँधेर घरमा लुटपाट गरेको बताइएको छ ।

हिजो पिडीत निवेदन दिन आएकी थिए। र उनले भने, भारतीय नागरिक जस्ता देखिने ४ जनाले हातखुट्टा बाँधेर सुनका गहनासहित नगद लगेको भनि निवेदन दिएका छन् ।

प्रहरीले भने, घटनाको बारेमा थप अनुसन्धान भइहेको कञ्चनपुर निरीक्षक प्रहरी लालबहादुर बमले बताए ।

ताजा समाचार