कञ्चनपुरबाट भन्सार छलीको १०० बोरा मलखाद बरामद

महेन्द्रनगर । प्रहरीले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–१०, दोदा पुलबाट भन्सार छली ल्याउँदै गरेको एक सय बोरा मलखाद बरामद गरेको छ ।

पुनर्वास नगरपालिका–१०, दोदा पुलबाट एक लाख २० हजार मूल्य बराबरको एक सय बोरा मलखाद ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले दोदा पुलमा चेकजाँच गर्दा से २ त २३७० नम्बरको ट्याक्टरमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको अवस्थामा मलखाद बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद भएको मलखाद आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार