सरकारको एक वर्ष समयको बर्बादी मात्रः नेकपा एमाले

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले गठबन्धन सरकारको एक वर्ष समयको बर्बादी मात्र भएको टिप्पणी गरेको छ ।

एमालेले शुक्रबार पार्टी कार्यालय च्यासल, ललितपुरमा पत्रकार सम्मेलनमार्फत शेरबहादुर देउवा नेतृत्वको सरकारबारे धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादीमा मात्र गरेको छ ।

’एमालेले संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशान र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ ।

‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न समेत सकेको छैन,’ एमाले सचिव योगेश भट्टराईले भनेका छन् ।

ताजा समाचार