कैलाली-कञ्चनपुर जोड्ने सिमानामा लगाइएको ब्यारियल हटाईने

महेन्द्रनगर । कैलाली र कञ्चनपुर जोड्ने सिमानामा लगाइएको ब्यारियल हटाईने भएको छ। अन्तर्राष्ट्रिय सीमा सरोकार समुहले सरोकारबाला निकायसँगको छलफलमा ब्यारीयल हटाउने सहमती भएको हो।

 केही दिनअघि अन्तर्राष्ट्रिय सीमा सरोकार समूहको बसेको बैठकले साउजस अनुसार कैलाली प्रशासन र भन्सारलाई ध्यानाकर्षण पत्र बुझाइएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका तर्फबाट संयोजक पल्लवराज भट्टले बताएका छन् ।

 कैलालीको त्रिनगर भन्सार नजिक हुलाकी राजमार्गमा राखिएको ब्यारियल हटाउने सम्बन्धमा कैलाली भन्सार कार्यालयका प्रमुख सहित कार्यालयका प्रतिनिधि, कैलालीका प्रमुख जिल्ला अधिकारीसँग बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरी, उपप्रमुख जोगराम चौधरी तथा अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका तर्फबाट संयोजक पल्लवराज भट्टले छलफल गरेका छन् ।

न ४ गतेसम्म हुलाकी राजमार्गमा लगाइएको ब्यारियल त्यहाँबाट हटाई सीमा नजिक सार्न माग गर्ने र त्यो समयसम्म बिहीबार दुवै कार्यालयमा पुगेको संयुक्त टोलीले छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै यथाशीघ्र उक्त ब्यारियल सीमा नाकामा सारी हुलाकी राजमार्गमा निर्बाध आवागमनको वातावरण सृजना गरिदिन आग्रह गरेको छ।

त्यस क्रममा कैलाली भन्सार कार्यालयका प्रमुख नर बहादुर थापाले साउन महिना भित्र उक्त ब्यारियल हुलाकी राजमार्ग बाहिर डोकेबजार नजिकको सीमा क्षेत्रमा सार्ने र आजैदेखि बेलौरी क्षेत्र आउने जाने सवारी साधनलाई राति सहज गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ।

 त्यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा सुरक्षा समितिको बैठकमा उक्त विषय उठान गर्ने प्रतिबद्धता जनाए ।

 भन्सार कार्यालयको प्रतिबद्धता पछि साउन ५ गते गर्ने भनिएको आन्दोलनको कार्यक्रम साउन महिना भरिको लागि स्थगित गरिएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले जानकारी दिए ।

ताजा समाचार