नगरको विकासका लागि मन्त्रालय धाउदै भीमदत्तका मेयर,उपमेयर सहितको टोली

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी,उपमेयर निलम लेखक जोशी लगाएतको टोली अहिले संघिय राजधानी काठमाण्डौँमा छ ।
नगरपालिकाको समग्र विकासका लागि मेयर बोगटी,उपमेयर लेखक, वडा नम्बर १७ का वडाध्यक्ष पदम बुडा ,प्रमुख प्रशासकिय अधिकृत पुस्कर भट्ट,इन्जिनियर गोरख बहादुर सिंह,हिमालय सिंह ऐर असार ३१ गते काठमाण्डौँ गएका हुन् ।
नगरपालिकाको विकासका लागी सहयोग तथा स्रोत जुटाउन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखक सहित भीमदत्तका मेयर,उपमेयर लगाएतको टोली अहिले मन्त्रालय धाई रहेका छन् ।
उनिहरुले प्रधानमन्त्री शेर बहादुर देउवा,सहरी विकास मन्त्री मेटमणी चौधरी,सरकारका मुख्य सचिव शंकरदास बैरागी,उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय र अर्थ मन्त्रालयका सचिव लगाएत संग भेटघाट तथा छलफल गरेका छन् ।
भेटघाटमा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि जग्गा खरिद तथा बजेटको व्यवस्थापन, नगरपालिकामा रहेका विभिन्न खोला र महाकाली नदिको तटबन्ध, क्षेत्रिय सहरी विकास अन्तर्गत सञ्चालित योजनाहरुलाई निरन्तरता दिने, बाढी,ढलको समस्या समाधान,कञ्चन हल सञ्चालन,मल्टि स्टोरी सवारी पार्किङ निर्माण,नगरपालिकामा एडिबि को सहयोगमा क्षेत्रिय सहरी विकास आयोजना अन्तर्गत सञ्चालित आयोजनाको दोस्रो चरण निर्माण कार्यको ठेक्का बन्दोबस्त,भीमदत्तलाई स्मार्ट सिटिका लागि छनोट गर्ने लगाएत नगरपालिकाको विविध समस्या र त्यसको समाधानका विषयमा छलफल गरिएको वडाध्यक्ष बुडाले बताए ।
उनकाअनुसार छलफलमा प्रधानमन्त्री,मन्त्री लगाएत सचिवहरुबाट सकारात्मक जवाफ आएको छ ।
‘नगरपालिकाको समग्र विकासका लागि पूर्वमन्त्री,मेयर,उपमेयर लगाएत हामी प्रत्यक मन्त्रालय पुगेर मन्त्री तथा सचिवहरुसंग छलफल गरिरहेका छौ ।’ वडाध्यक्ष बुडाले भने ।

ताजा समाचार