महेन्द्रनगर । काठमाडौंको चावहिलमा रहेको एक गोदाममा प्रहरीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो ।
अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबस, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
उनले सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई पक्राउ गरिएको बताए ।
बरामद सामान पटका पनि भएकाले विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा चलाइने कोइरालाले बताए । यस्तै बरामद सामान्य राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।