भारत लैजाँदै गरेको ८ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

महेन्द्रनगर । विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको सुपारी २ हजार ६७८ बोरा छ । ८ वटा ट्रकमा २ लाख १९ हजार ५९६ किलोग्राम सुपारी रहेको प्रहरीले बताएको छ ।

युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकसहित नियन्त्रणमा लिइएको सुपारीको नेपाली मूल्य साढे ८ करोड रूपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ ।

तेस्रो मुलुकबाट आयात गरिएको सुपारी नेपालकै उत्पादन देखाएर केही वर्षयता भारततर्फ निर्यात हुँदै आएको छ । ठूलो परिणामाको सुपारी भारत जाँदै गरेको सूचना पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

‘सुपारी त लिगल बाटोबाटै जान खोजेको देखिन्छ,’ उनले भने, ‘तर एकै पटक ठूलो परिमाण भएका कारण अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

’इन्डोनेसिया, थाइल्यान्ड, मलेसियालगायत मुलुकबाट नेपालमा सुपारी आयात हुन्छ । ‘सुपारीको आकार हेर्दा नेपालको उत्पादन जस्तो देखिँदैन,’ प्रहरी स्रोतले भन्यो, ‘कागजात मिलेका कारण छोड्न दबाब छ ।’

ताजा समाचार