छाडा चौपाया व्यवस्थापनका लागि नगर प्रमुख बोगटीेद्धारा सम्भावित जग्गाको अवलोकन

महेनद्रनगर । छाडा चौपाया व्यावस्थापनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले सम्भावित जग्गाको अवलोकन तथा निरिक्षण गरेका छन् ।

आइतबार नगर प्रमुखको नेतृत्वमा नगर उपप्रमुख नीलम लेखक जोशी,बेदकोट नगरपालिकाका नगर उप–प्रमुख तुलसी जोशी,भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम प्रसाद गौली लगाएतको टोलीले छाडा चौपाया व्यवस्थापनका लागि बेदकोट नगरपालिका–४ बैतडा स्थित सम्भावित जग्गाको अवलोकन गरेका हुन् ।

मेयर बोगटीका अनुसार भीमदत्तले मात्रै चौपाया व्यवस्थापन ग¥यो भने बेदकोटबाट फेरी चौपाया आउछन् र बेदकोटले मात्र व्यवस्थापन ग¥यो भने भीमदत्तबाट चौपाया उता जान्छन । त्यसैले दुबै पालीकाले मिलेर छाडा चौपायाको व्यवस्थापन ग¥यो भने मात्र यो समस्या समाधान हुने भएकोले सो विषयमा बेदकोटका प्रमुख,उपप्रमुख संग प्रारम्भिक छलफल भएको छ ।

‘भीमदत्त र बेदकोट दुबै पालिकाले चौपायाको व्यवस्थापन ग¥यो भने मात्र यो समस्या समाधान हुन्छ ।’ नगर प्रमुख बोगटीले भने ‘त्यसैले सहकार्य गर्ने विषयमा बेदकोटका नगर प्रमुख ,उपप्रमुख संग प्रारम्भिक छलफल भएको छ । र बेदकोटको बैतडामा रहेको सम्भावित जगगाको अवलोकन पनि गरिएको छ ।’

भीमदत्त र बेदकोट नगरपालिका मिलेर छाडा चौपाया व्यवस्थापन गर्न दुबै पालिकाका प्रमुख,उपप्रमुख बिच प्रारम्भिक छलफल भएपछि बेदकोट–४ बैतडा स्थित रहेको जग्गाको अवलोकन गरिएको भीमदत्तका उपप्रमुख जोशीले बताइन् ।

‘छाडा चौपाया व्यवस्थानका लागि बेदकोट नगरपालिका–४ बैतडा स्थित श्री बालज्योती मावीको मातहतमा रहेको १२ विगा भन्दा बढी जमिन विद्यालयले उपलब्ध गराउछौँ भनेको छ ।’ बेदकोटका उपमेयर तुलसी जोशीले भनिन् ‘त्यसैले आज भीनपाका मेयर,उपमेयर सहित हामीले सो क्षेत्रको अवलोकन समेत गरेका छौ ।’

छाडा चौपाया व्यवस्थापनका लागि भीमदत्तका मेयर बोगटी,उपमेयर जोशीले यस अघि गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर,सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगाएतसंग समेत छलफल गरेका थिए ।

ताजा समाचार