काभ्रेस्थलीमा भेटियो एकै घरका चार जनाको शव

महेन्द्रनगर । तारकेश्वर नगरपालिका-२ गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका छन् ।

सोमबार बिहान श्रीमान्-श्रीमती र दुई छोराछोरीको शव फेला परेको घटना स्थलमा पुगेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। 

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् ।

उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।

प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन् । सुनीता र छोराछोरीको शव एउटा कोठामा छ, दिनेशको अर्को कोठामा छ’ मेयर महर्जनले भने ।

ताजा समाचार