कैलालीमा बाघको आक्रमण बढ्दो,एकैदिन २१ बाख्रा मार्यो

महेन्द्रनगर । कैलालीको मोहन्यालमा बाघले आतंक मचाएको छ। आज एकैदिन गाउँपालिकाको वडा नम्बर ४ पानी खोला जङ्गलमा बाघले स्थानीयका २१ बाख्रा मारेको हो।

कुइने मिजा टोलका जङ्गल चराउन लगेका बाख्रा बाघले मारेको स्थानीयले बताएका छन्। डिआर एकीकृत कृषि फर्म धर्मराज सोनिका १० वटा, नबिन बडुवालका ८, बिटालु बोगटीका २, साबित्रा बडुवालको १ बाख्रा गरि २१ बाख्रा बाघले मारेको स्थानीयले बताएका छन् ।

ताजा समाचार