क्यान्सर पिडित संतमाता गिरीलाई अस्पताल ल्याउन आश्रममा आफै पुगे मेयर,उपमेयर

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी,उपमेयर नीलम लेखक जोशीले क्यान्सर पिडित संतमातालाई अस्पताल पु¥याएका छन् ।

भीमदत्त नगरपालिका–५ स्थित श्री शिवधाम धर्म क्षेत्र आश्रममा बस्दै आएकी क्यान्सर पिडित ९० वर्षिया संतमाता गणेश गिरीलाई शनिबार उनकै आश्रममा पुगेर मेयर,उपमेयर,नगर प्रवत्ता महेन्द्र खड्का,वडा नम्बर ५ का वडाध्यक्ष पदम अवस्थीले अस्पताल ल्याएका हुन् ।

क्यान्सर पिडित माता गिरीकोे बारेमा जानकारी पाएपछि नगर प्रमुख,उपप्रमुख लगाएत आफुहरु आश्रममा पुगेर नगपालिकाको एम्बुलेन्स मार्फत मातालाई महाकाली प्रादेशिक अस्पताल ल्याएर उपचार थालिएको नगर प्रवत्ता खड्काले बताए ।

‘लामो समय देखी ब्लड क्यान्सर पिडित र अहिले उपचार गर्न नसकेर संतमाता गणेश गिरीको १५/२० दिन देखी स्वास्थ्य स्थिति विग्रिएको खबर पाएपछि नगरप्रमुख,उपप्रमुख लगाएत हामी उहाँको आश्रममा पुगेर उहाँलाई महाकाली अस्पताल ल्याएका छौ ।’ उनले भने ‘अहिले उहाँको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।’

मेयर,उपमेयरलाई संतमाता गणेशको बारेमा जानकारी गराएको २/३ घण्टामा आफै आश्रममा पुगेर मातालाई उपचारका लागि अस्पताल लगेर गएका आश्रमका संतमाता भावना गिरीले बताइन् ।

‘हामीले मेयरलाई ९० वर्षकी संतमाता गणेश गिरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएको २/३ घण्टामा उहाँहरु आफै हाम्रो आश्रममा पुगेर संतमाता गणेशलाई उपचारका लागि अस्पताल लगेर जानु भयो ।’ उनले भनिन् ‘हामी जस्तो माता, जसको कोही छैन,हामीहरुले भन्ने वित्तिकै मेयर,उपमेयर ज्यूले यति छिटो रेस्पोनस गरिदिनु भयो धेरै खुशी लाग्यो ।’ उनले अगाडी थपिन् ‘उहाँहरुको रेस्पोन्सले आफुहरु एक्लो नभएको अनुभुति भयो ।’

केहि महिना अघि नगर प्रमुख,उपप्रमुखले भीमदत्त नगरपालिका–८ की क्यानसर पिडित ८० वर्षिया सिद्धकला दमाईको परिवारलाई समेत घरमै पुगेर स्वास्थ्य तथा खाद्यान्न सहयोग गरेका थिए ।


ताजा समाचार