छोराको हत्या आरोपमा आफ्नै बाबु पक्राउ


महेन्द्रनगर । बैतडीमा ३ वर्षीय छोराको हत्या गरेको आरोपमा उनकै बाबु पक्राउ परेका छन्।

बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बसेका डम्बरबहादुर बोहरा पक्राउ परेका हुन्।

उनी घरबाट साउन १६ गते ३ वर्षीय छोरालाई लिएर फरार भएका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

नाबालकको खोजीका लागि आफन्तले निवेदन दिएपछि बोहरा सोमबार बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन्।

बोहरालाई सोधपुछपछि उनले देखाएको ठाउँमा नाबालकको शव फेला परेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज