कंचनपुरमा गौरा महोत्सव मनाउन समिति गठन

महेन्द्रनगर । महाकाली साहित्य सङ्गमको आयोजनामा कंचनपुरमा गौरा महोत्सव २०७९ मनाउन १५१ सदस्यिय मुल अायोजक समिति गठन गरिएको छ ।

अघिल्ला वर्ष भन्दा अझै व्यवस्थित तवरले गौरा मनाउन विभिन्न उपसमिति संगठन गरेको सङ्गमका अध्यक्ष हरीश प्रसाद जोशीले जानकारी दिनु भएको हो।

महे्द्रनगरमा बसेको संगमको बैठकले उक्त समितिको टुङ्गो लगाएको हो। उपसमितिमा मञ्च अतिथि सत्कार उद्घाटनमा व्यवस्थापन संयोजक महासचिव भवानी चन्द रहेका छन् ।

भने अनुगमन तथा मूल्याङ्कनमा हजारी सिंह पुजारा,चन्द्रकला पन्त, किष्णदत्त चटौत, पञ्चमराज भट्ट, हरी प्रसाद खतिवडा, डा. टेकराज पन्त, पा.लक्ष्मी कान्त जोशी लगायत रहेका छन् ।

त्यसै गरी गौरामा लाग्ने आर्थिक पाटोलाई पारदर्शी बनाउन आर्थिक उपसमिति राजेन्द्र रावलको संयोजकत्वमा गठन भएको छ।उपस्थितको सहजताकोलागी स्वयम् सेवक परिचालन उपसमिति संयोजकमा सचिव उत्तम बिष्ट र प्रचार प्रसार एव सम्प्रेषण अर्जुन सिंह नेगी,जगदीश ओझा, अमित प्रसाद भट्ट, भास्कर केसी, ज्ञानेन्द्र महता रहेका छन् ।

कार्यक्रममा देउडा खेल्ने हरुलाई डेउडिया संपर्क मार्फत जोडन लक्ष्मीमा प्रसाद भट्ट,कविराज भट्ट,रमेश पन्त, मनोरम भट्ट, लक्षण अधिकार, सरस्वती रावल, टेक बहादुर सोनाम,तुलसी प्रसाद पण्डित, राधाकिष्ण ज्वाला चुनिएकाछन् ।

भने छायाङ्कनमा वीर वहादुर चन्द,खगेन्द्र नाथ वियोग रहेका छन् ।संस्कृति झाकी चिना नेपाली उपाध्यक्षतामा सुरज आउजी, धनन्जय जोशी, गिता आउजि, सीता पुजारा, कुन्ति बोहोरा पुष्पा जोशी रहेका छन् ।

विरुडा तथा खाद्य व्यवस्थापन संयोजकमा गौरी प्रशाद जोशी,अमरराज पन्त,मदन सिंह क्षेत्री रहेका छन् ।

ताजा समाचार