गिरिकाे बिदाइमा भावुक बन्याे माहाेल 

महेन्द्रनगर । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली दिन  विभिन्‍न पार्टीका नेताहरु मेडिसिटी अस्पताल प्राङ्गण पुगेका छन् ।

पुर्व राष्ट्रपति रामवरण यादव, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का, माओवादी नेता जनार्दन शर्मा, कांग्रेस नेता शेखर कोइराला, कांग्रेस महामन्त्री गगन थापा, स्वामी आनन्द अरुणलगायतले मेडिसिटीमै पुगेर श्रद्धाञ्जली दिएका हुन् ।

कांग्रेसले गिरिको अन्तिम स‌ंस्कार आर्यघाटमा अपराह्न हुने जनाएकाे छ । गिरिका निकटस्थहरुले भने सिरहा बस्तीपुरस्थित आश्रम लगिनुपर्ने जिकिर गर्दै आएका छन् ।

ताजा समाचार