कञ्चनपुरमा प्रेमी-प्रेमिका एकैदिन मृत फेला

महेन्द्रनगर । कञ्चनपुरमा प्रेम सम्बन्धमा रहेका एक जोडी युवा युवती आइतबार मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कृष्णपुर नगरपालिका–४ का १८ वर्षीय दिनेश भट्ट र वडा नम्बर ५ की १८ वर्षीया पुजा देउवा मृत भेटिएका हुन ।

उनीहरु आ–आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकले बताए । उनका अनुसार केही दिन अघि दिनेशले भगाएर पुजालाई आफ्नो घर लगेका थिए ।

त्यस पछि किशोरीको परिवारले विवाहको उमेर नपुगेको भन्दै ईलाका प्रहरी कार्यालय गुलरियामा उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई राखेर छलफल गरेर शुक्रबार छलफल पश्चात प्रहरीले दुबैको उमेर नपुगेको भन्दै अभिभावकको जिम्मा लगाएको थियो ।

प्रहरीका अनुसार पूजालाई सोही दिन र दिनेशलाई शनिवार करिब ११ बजेतिर छाडिएको थियो । दुबै जना छुट्टिएपछि दिनेशले आइतवार बिहान आत्महत्या गरेका हुन ।

प्रेमिको यो खबर सुनेपछि पे्रमिका पुजाले पनि दिउँसो आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

ताजा समाचार