भीनपा–११ द्धारा लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ द्धारा आयोजित तथा इलाका प्रहरी कार्यालय गड्डाचौकी र सामुदाय–प्रहरी वडा समितिको सहकार्यक्रमा लागु औषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

वडाध्यक्ष प्रकाश थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कार्यक्रममा विद्यार्थीलाई लागु औषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन् ? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ ? लगायत बारेमा जानकारी गराएको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवम् प्रहरी उपरिक्षक श्याम चौधरी, नगर उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली लगाएत विद्यालयका शिक्षक, समाजका अन्य व्यक्तिको पनि उपस्थित थियो ।

कार्यक्रममा वक्ताहरुले अपराध रहित समाज निर्माण गर्न, देशलाई समृद्धि बनाउन लागु औषध न्यूनिकरण गर्न आवश्यक रहेको बताएका छन् ।

ताजा समाचार