कञ्चनपुरमा चट्याङ लागेर दुई जना घाइते

महेन्द्रनगर । आइतबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर कृष्णपुर नगरपालिकाका २ जना घाइते भएका हुन् ।  

घाइते हुनेमा कृष्णपुर–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्रा राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको छ । 

बाटोमा हिँडिरहेका बेला उनीहरुलाई चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ। 

ताजा समाचार