महेन्द्रनगर । अभिनेता पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत, नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको छ।
बाल यौन दुरुपयोगको मुद्दामा भने पललाई साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ।
यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ।
अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार अभिभावक र मिडियालाई पनि सचेत गराइएको हो ।
![](http://ekpatra.com/wp-content/uploads/2022/09/PicsArt_07-04-05.27.40-3-1024x432.jpg)