प्रदेशस्तरीय किशोरी सम्मेलन

महेन्द्रनगर । धनगढीमा प्रदेशस्तरीय किशोरी सम्मेलन भएको छ। आइतबार सुरू भएर सोमबार दुई दिनसम्म चल्ने सम्मेलन घोषणा पत्र जारी गर्दै समापन हुने आयोजक संस्था फाया नेपालले जनाएको छ।

किशोरी सम्मेलनमा ९ जिल्लाका ६५ जना किशोरीको सहभागिता रहेको छ भने ‘बाल विवाह तथा किशोरी प्रजनन स्वास्थ्य मेरो शरीर मेरो अधिकार’ भन्ने नाराका साथ कार्यक्रम सुरू भएको हो।

सम्मेलनमा बालविवाह र किशोरा अवस्थाको यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकारबारे समूहमा छलफल गरेर यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको सन्दर्भमा किशोरीहरूको अवलोकन, कथा तथा अनुभवहरु छलफल गरी आदानप्रदान गरिने आयोजन गरेर तालिम उपलब्ध गराएको थियो ।

बालअधिकारको संरक्षण, बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा ११ बुँदे घोषणापत्र जारी गर्दै कैलाली धनगढीमा प्रदेशस्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ ।

ताजा समाचार