कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु

महेन्द्रनगर । पुनर्वास नगरपालिका –११ अमरबस्तीस्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा से ७ प ४७६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएका छन् ।

मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरका गुड्डु राना र पुनर्वास नगरपालिका–१० विकासबस्तीमा विशाल राना रहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।

गुड्डुले चलाएको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किँदा मोटरसाइलमै सवार विशाल पनि गम्भिर घाइते भएका थिए।

उनीहरुको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ताजा समाचार