कञ्चनपुरकी अधिकारकर्मी महिला शारदा चन्दले पनि कन्चनपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी छिन

 

महेन्द्रनगर । कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले पनि उम्मेदवारी दर्ता गराएकी छिन ।

अधिकारकर्मी चन्दले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी छिन । 

काँग्रेस नेतृ समेत रहेकी अधिकारर्मी चन्दले चुनाव लड्नकै लागि पार्टीबाट समेत राजिनामा दिएकी थिईन ।

उनले राजनीतिक दलमा आबद्ध हुँदा जनपक्षीय काम गर्न नसकिने भन्दै स्वतन्त्रपुर्वक जितेर जनपक्षीय काम गर्ने प्रतिबद्धता जोहर गरेकी छिन ।

झण्डै अढाईदशकदेखि समाजिक सेवामा रहेकी चन्दले राजनीतिक माध्यमबाट देश र समाजसेवा गर्ने चाहना अनुरुप उम्मेदवारी दर्ता गराएको बताईन । ‘मैले बिशुद्ध रुपमा समाजको सेवा गर्छु, ‘उनले भनिन, ‘त्यसका लागि दलमा होईन, नागरिकबाट अनुमोदित हुनुपर्छ ।’ महिलाको साथसर्मथनमा चन्दले बजारमा र्याली सहित उम्मेदवारी दर्ता गराएका छिन ।

अधिकारकर्मी चन्दले निर्मला हत्याकाण्डदेखि भ्रष्टाचार रहित समाजको परिकल्पना सहित एजेण्डा अघि सारेकी छिन ।

ताजा समाचार