रमेश लेखकको नेतृत्वमा चुनाव लड्न पाउँदा गर्व महसुस भएको छ: कञ्चनपुर ३’क’ का उम्मेदवार भट्ट

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रबाट कञ्चनपुर निर्वाचन क्षेत्र न.३ प्रदेश सभा ‘क’ का उम्मेदवार टेकेन्द्र भट्टले रमेश लेखकको नेतृत्वमा चुनाव लड्न पाउँदा गर्व महसुस भएको बताएका छन् ।

आइतवार उम्मेदवारी मनोनयन दर्ता गर्नु पूर्व उनले त्यसो भनेका हुन् । “आदरणीय नेता रमेश लेखकको नेतृत्व अन्तर्गत रहेर चुनाव लड्न पाउँदा गर्व महसुस भएको छ ।” उनले भने “मैले उहाँसंग संविधान सभा सदस्य भएको समय काम गरेको थिए । आज पुनः विकासप्रेमी,अनुभवी,लोकप्रिय नेता रमेश लेखकको नेतृत्वमा रहेर उम्मेदवारी दिएको छु ।”

उनले अगाडि भने “राष्ट्रिय आवश्यकता अनुसार हामी सबै एकजुट भएर यो गठवन्धन सफल बनाउनका निमित्त लागि पर्ने प्रतिवद्वता जनाएका छौ । यो भन्दा अगाडि पनि हामिले अन्य सन्दर्भमा पत्रकार महासंघको चुनावमा पनि सहमती गरेर सफल गरेका छौ ।”

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गठबन्धनबाट कञ्चनपुर निर्वाचन क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले उम्मेदवारी दिएका छन भने प्रदेश सभा ३’क’ मा नेकपा माओवादी केन्द्रका टेकेन्द्र भट्ट र प्रदेश सभा ३’ख’ मा नेपाली काङ्ग्रेसका बेल बहादुर राना मगरले उम्मेदवारी दिएका छन् ।

ताजा समाचार