निरु पाल माननीय हुन भन्ने धेरै जनतालाई थाहा नै छैन: कांग्रेस नेता गुरुङ

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता गोपाल गुरुङले धेरै जनतालाई निरु देबि पाल माननीय हुनुहुन्छ भन्ने पनि थाहा नभएको बताएका छन् ।

“अघिल्लो निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र न. ३ ले एमालेबाट प्रत्येक्ष र समानुपातिक गरि दुई माननीय(प्रतिनिधि सभा सदस्य) पायो ।” नेता गुरुङले दोधारामा चुनावी सभालाई सम्बोधन गर्दै भने “तर उहाँ माननीय हुनुहुन्छ भन्ने धेरै जनतालाई थाहा नै छैन ।”

उनले अगाडि भने “जनताले चिन्नको लागि काम गर्नु पर्छ उहाँ माननीय भएपछि यो ठाउँ कति पटक आउनु भयो ,के कति काम गर्नु भयो ? आफै भन्नुहोस् मैले भनिरहनु पर्दैन होला । त्यसैले यहाको विकासका लागि गठबन्धन र यहाँको जनताले चिनेको नेता रमेश लेखकको आवश्यकता छ ।”

spot_img

ताजा समाचार