कञ्चनपुर एमाले भित्र पहिरो, चार प्रभावशाली नेताहरुले गरे पार्टी परित्याग

महेन्द्रनगर। नेकपा एमाले भित्र कंचनपुर निर्वाचन क्षेत्र १ को विवाद चरम उत्कर्षमा पुगिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा टिकटको विषयलाई लिएर विवाद दिनानुदिन बढिरहेको छ । 

पार्टीमा हालै प्रवेस गरेका पार्टी संकटमा परेका बेला पाटी छाडेर जाने पदकै लागि आउने जानेलाई टिकट दिएर कम्युनिष्ट आन्दोलन भष्मासुरमा थन्क्याउन खोजेको भन्दै पुनर्वासका चार प्रभावशाली नेताहरुले पार्टी परित्याग गर्दै राजिनामा दिएको घोषणा गरेका हुन ।

सामुहिक राजिनामा पत्र लेख्दै उनीहरुले पाटी परित्याग गरेका छन । एमाले पुनर्वासका प्रभावशाली नेता तथा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य रामचन्द्र नेपाल, प्रदेश कमिटि सदस्य पदम प्रशाद शर्मा, जिल्ला कमिटि पुर्व सल्लाहकार, श्यामलाल सुवेदी र पुर्व सल्लाहर श्यामलाल सुवेदीले संयुक्त राजिनामा दिएका हुन । उनीहरु चारै जनाले जिल्लादेखि केन्द्रलाई बोधार्थ दिदै राजिनामा दिएका छन । अहिले पनि एमाले क्षेत्र १ मा तीन जना बागी उम्मेदवार छन । संघ तर्फ खेम सुवेदी, प्रदेश तर्फ टेक साउद र भक्त बहादुर अधिकारीले बागी दिएका थिए । स्थिर प्रशाद घिमिरेले फिर्ता लिएका छन ।

ताजा समाचार