निर्वाचन आयोगले तोक्यो निर्वाचन खर्च

महेन्द्रनगर । निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवारले गर्ने खर्च तोकेको छ ।

आयोगले मतदाता संख्या, मतदान केन्द्को संख्या र निर्वाचन क्षेत्रको क्षेत्रफललाई आधार बनाएको छ् । सबै राजनीतिक दलहरु अहिले प्रचार प्रसारमा लागेका छन् ।

निर्वाचन आयोगले निर्वाचन हुने १७ दिन अगाडिपछि राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचार प्रसारका कार्यक्रम गर्न पाउने बताइसकेको छ ।

सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन् ।

निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादित रुपमा प्रचार प्रसार गराउन आयोगले राजनीतिक दलको छलफलका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा यस्तो व्यवस्था गरेको हो ।

मतदाता संख्यालाई ६० प्रतिशत, मतदान केन्द्रलाई २० प्रतिशत र क्षेत्रफललाई २० प्रतिशत मानेर खर्च सीमा तोकिएको आयोगले जनाएको छ ।

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च पाउँछन् ? (सुचीसहित)

ताजा समाचार