महेन्द्रनगरको रारा होटलमा साथीसँगै सुतेका युवक मृत फेला

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर। महेन्द्रनगरस्थित गल्ली नम्बर ४ मा रहेको रारा होटलमा एक जना युवक मृत भेटिएका छन्।

होटलको ६ नम्बर कोठामा भीमदत्त नगरपालिका–१का किसन साउँद मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए।

‘साथीसँग होटलमा सुतेका रहेछन्, सुतेकै अवस्थामा मृत भेटिएका हुन्,’ उनले भने, ‘सँगै सुतेका साथी मृतकका दाजुलाई खबर गरेर घर गएछन्।

’घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। मृतको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ।

spot_img

ताजा समाचार